Vuoi un profilo come questo?
Unisciti alle migliaia di professionisti dei media che usano journalist.net per mostrare il proprio lavoro e farsi ingaggiare dalle migliori testate.
Inizia
Scopri come funziona
Mettiti in contatto tramite Journalist.net
1
Professionisti verificati
Ogni giornalista su questa piattaforma è stato verificato manualmente dal nostro team di Londra. Ti stai mettendo in contatto con un professionista dei media confermato.2
Interazione protetta
Tuteliamo i recapiti dei giornalisti e forniamo una copertura assicurativa per tutte le prenotazioni. Entrambe le parti lavorano con fiducia e sicurezza.3
Pagamento sicuro
I pagamenti sono trattenuti in deposito a garanzia e rilasciati alla consegna del lavoro. Ai giornalisti è garantito il pagamento; i clienti approvano prima che i fondi siano finalizzati.Hai ancora domande?
Consulta le FAQAbout L.B.
एल.बी. (सागर) श्रेष्ठ : परिचय एल.बी. (लेखबहादुर) श्रेष्ठ ‘सागर’ नेपालको सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका–13 निवासी एक बहुआयामिक व्यक्तित्व हुनुहुन्छ। उहाँ फोटो पत्रकार, सञ्चारकर्मी, लेखक, सम्पादक, समाजसेवी, शिक्षाविद्, पर्यटन प्रवर्द्धक तथा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थासँग आबद्ध सामाजिक अभियन्ताका रूपमा परिचित हुनुहुन्छ। श्रेष्ठले विगत तीन दशकभन्दा बढी समयदेखि शिक्षा, साहित्य, पत्रकारिता, सामाजिक सेवा तथा पर्यटन प्रवर्द्धनका क्षेत्रमा निरन्तर योगदान दिँदै आउनुभएको छ। शैक्षिक योग्यता उहाँले पाटन बहुमुखी क्याम्पसबाट समाजशास्त्र तथा राजनीतिशास्त्र विषयमा स्नातक तह पूरा गर्नुभएको छ। कम्प्युटर, पत्रकारिता, फोटोग्राफी, प्राथमिक उपचार, व्यवस्थापन, मार्केटिङ, भाषा शिक्षण, स्काउट, सुरक्षा तथा SAP प्रणालीसम्बन्धी विभिन्न तालिमहरू समेत हासिल गर्नुभएको छ। पत्रकारिता तथा सञ्चार क्षेत्रमा योगदान श्रेष्ठ नेपाली अनलाइन पत्रकारिताका प्रारम्भिक अभियन्तामध्ये एक मानिनुहुन्छ। उहाँ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय घटनाक्रम, समाज, संस्कृति, पर्यटन र नेपाली समुदायका गतिविधिलाई फोटो तथा समाचारमार्फत उजागर गर्दै आउनुभएको छ। हाल उहाँ: • नेशनल भिजन मिडिया ग्रुप प्रा.लि.का अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत • राष्ट्रिय फोटो पत्रकार समूह नेपालका पूर्व केन्द्रीय कोषाध्यक्ष हाल वरिष्ठ उपाध्यक्ष तथा ट्रेनिङ्ग विभाग प्रमुख • क्रान्तिकारी प्रेश संगठनको 9 नं. व्यूरो ईञ्चार्ज • नगरकोट संग्रीला होटलको बोर्ड अफ डाईरेक्टर • विभिन्न सञ्चार संस्थाका सल्लाहकार तथा अभियन्ता का रूपमा सक्रिय हुनुहुन्छ। फोटो पत्रकारितामा विशेष योगदान उहाँले नेपालको धार्मिक, सांस्कृतिक तथा पर्यटकीय सम्पदालाई तस्बिरमार्फत विश्वसामु पुर्याउन उल्लेखनीय भूमिका निर्वाह गर्नुभएको छ। विभिन्न जिल्लाका सम्पदा, जात्रा, कला, संस्कृति तथा पर्यटन सम्भावनालाई अन्तर्राष्ट्रिय स्तरसम्म पुर्याउन उहाँका तस्बिरहरू प्रभावकारी माध्यम बनेका छन्। यसै योगदानको कदरस्वरूप उहाँलाई वि.सं. 2082 मा ‘शब्दयात्रा रत्नदेवी प्रधान फोटो पत्रकारिता सम्मान’ International Photo Journalism Achievement Award (UAE), Asian Professional Achievement Award 2025, “इम्पेरियल फोटो जर्नालिस्ट अप्रिसिएसन अवार्ड 2026 बंगलादेश प्रदान गरिएको थियो।
Portfolio
official
kathmandu
this is the new look